+
+

‘श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १९:२१

१५ माघ, काठमाडौं । सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै ग्राहकहरुले दुबै सुविधा एकैसाथ उपभोग गर्दा रु १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् ।

यस योजना माघ १६ र माघ १७, २०७६ का लागि लागू गरिएको छ । यो योजना विद्यार्थी वर्गलाई मात्र लक्षित हुनेछ र सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र पेश गर्नुपर्नेछ ।

यो योजनाका लागि नाबालकको हकमा भने प्रचलित निर्देशन अनुसार गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?