
२ फागुन, काठमाडौं । जलविद्युत् कम्पनीहरुको सेयर मूल्य त कम छ नै, नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएका अन्य कम्पनीहरुको तुलनामा ‘क’ वर्गका बैंकहरुको सेयर मूल्य निकै कमजोर छ । यतिसम्मकी, साधारण सेयर (आईपीओ) कै मूल्यमा केहि बैंकहरुको सेयर कारोबार नेप्सेमा भइरहेको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक कुनै बेला १ हजार ८ सय माथि पुगेको थियो । बैंकहरुले धमाधम हकप्रद सेयर जारी गर्दै पुँजी बढाउने तर्फ लागे । यसको प्रभाव सेयर मूल्यमा पर्यो ।
४ वर्ष अघि २ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको चुक्ता पुँजी बढेर अहिले ८ अर्ब रुपैयाँभन्दा माथि छ । एकातर्फ बैंकहरुको पुँजी बढ्दै गयो, अर्कोतर्फ भने बैंकको सेयरमूल्य घट्दै गयो ।
दशक अघि बैंक सञ्चालनमा आउदा प्रतिकित्ता एक सय रुपैयाँमा किनेको सेयरको मूल्य अहिले पनि प्रतिकित्ता एक सय रुपैयाँ हाराहारीमै कारोबार भइरहेको छ । धेरै वाणिज्य बैंकहरूकाे सेयर मूल्य २ सय रूपैयाँ भन्दा कम छ । सूचिकृत भएपछि नबढेर एक सय रुपैयाँमै सेयर मूल्य यथावत भएको भने होइन ।
कुनै बेला वाणिज्य बैंककै सेयर मूल्य ९ हजार २ सय भन्दा माथि पुगेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । पछि भने बैंकको सेयर मूल्य लगातार ओरालो लागेको उनको भनाइ छ । ‘स्टाण्डर्ड चार्टड बैंकको सेयर मूल्य ९ हजार भन्दा माथि पुगेको थियो, पछि लगातार घट्दै जाँदा अहिले यो हालत छु प्रवक्ता पराजुलीले भने ।
सर्वसाधारण र संस्थापकबीचको खाडल
अधिकांश बैंकहरुको संस्थापक समूह र सर्वसाधारण समूह भनेर नेप्समो छुट्टाछुट्टै कारोबार हुन्छन् । सरकारी बैंकहरूकाे भने छुट्टै काराेबार हुने गरेका छैनन् ।
नेप्सेमा छुट्टै समूह भनेर सेयर सूचीकृत नभएकाले दुई वटा समूहमा यि बैंकहरुको कारोबार नभएको प्रवक्ता पराजुली बताउँछन् । यदि यी बैंहरुले पनि सूचीकरण लागि निवेदन दिए सूचीकृत भएर दुई वटा समूहमा कारोबार हुने उनले बताए ।
यहाँ गर्न खोजिएको कुरा चाँहि संस्थापक र सर्वसाधारण समूहको सेयर मूल्यको विषय हो । कुनै बैंकको संस्थापक समूहको सेयर मूल्य धेरै छ भने कुनै बैंकको सर्वसाधारण समूहको सेयर मूल्य धेरै छ । गत फागुन १ गतेसम्म भएको कारोबार हेर्ने हो भने अहिले सेयर मूल्य सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको छ ।
एसबीआई बैंकको संस्थापक समूहतर्फको सेयर मूल्य प्रतिकित्ता १ हजार ४ सय २० रुपैयाँ छ । यो नै नेप्सेमा कारोबार हुने नेपालका सबै वाणिज्य बैंक मध्येको धेरै हो । तर सर्वसाधारण समूहको सेयर मूल्य भने जम्मा ४०४ रुपैयाँ प्रतिकित्ता रुपैयाँमात्रै छ ।
यो बैंकमात्रै होइन अन्य बैंकहरुको अवस्था पनि उस्तै छ । सर्वसाधारण समूहतर्फको सबैभन्दा बढी सेयर मूल्य भएको नविल बैंकको संस्थापक समूहको सेयर मूल्यमा भने एसबीआईभन्दा पछाडि छ । नविलको संस्थापक सेयर मूल्य प्रतिकित्ता ७७२ रुपैयाँ छ भने सर्वसाधारण समूहको सेयर मूल्य ७२३ रुपैयाँमात्रै छ ।
एभरेष्ट बैंकको पनि संस्थापक र सर्वसाधारण समूहको सेयर मूल्यका बीचमा ठूलो खाडल छ । एनबीआई र नविलको ठीक विपरित यसको संस्थापक सेयर मूल्य भन्दा सर्वसाधारण समूहतर्फको सेयर मूल्य बढी छ । सर्वसाधारण प्रतिकित्ता ६३९ रुपैयाँ छ भने संस्थापक प्रतिकित्ता १४५ रुपैयाँमात्रै छ ।
हिमालयन बैंकको पनि सर्वसाधारण सेयर मूल्य प्रतिकित्ता ५२८ रुपैयाँ हुँदा संस्थापक २९० रुपैयाँमात्रै छ भने एनआइशी एशिया बैंकको सर्वसाधारण ५०३ रुपैयाँ छ भने संस्थापक २५० रुपैयाँ छ ।
सिं नं. | बैंकको नाम | सेयर मूल्य (सर्वसाधारण) | सेयर मूल्य (संस्थापक |
१. | एनआइडीसी डेभलपमेन्ट बैंक | १५० | रावा बैंकमा मर्ज पछि कारोबार रोक्का |
२. | नेपाल बैंक | २६७ | सूचीकृत नभएको । |
३. | कृषि विकास बैंक | ३८४ | सूचीकृत नभएको । |
४. | ग्लोबल आइएमई बैंक | २७६ | १७३ |
५. | एनआईसी एशिया बैंक | ५०३ | २५० |
६. | प्रभु बैंक | २४१ | १५६ |
७. | कुमारी बैंक | १९३ | ११३ |
८. | सेञ्चुरी कमर्शीयल बैंक | १८३ | ११६ |
९. | प्राइम कमर्शीयल बैंक | २७७ | १७३ |
१०. | सिभिल बैंक | १५१ | १०० |
११. | माछापुच्छ्रे बैंक | २३१ | १४८ |
१२. | सानिमा बैंक | ३४४ | कारोबार नभएको । |
१३. | एभरेष्ट बैंक | ६३९ | १४५ |
१४. | स्टाण्डर्ड चार्टड बैंक | ६०९ | कारोबार नभएको । |
१५. | नेपाल एसबीआई बैंक | ४०४ | १४२० |
१६. | नविल बैंक | ७२३ | ७७२ |
१७. | सिद्धार्थ बैंक | ३०९ | १९० |
१८. | एनएमबि बैंक | ३८० | २०५ |
१९. | मेगा बैंक | २०४ | १०० |
२०. | नेपाल इन्भेष्टमेन्ट बैंक | ३७५ | ३३० |
२१. | हिमालयन बैंक | ५२८ | २९० |
२२. | बैंक अफ काठमाण्डू | २३२ | १४७ |
२३. | एनसीसी बैंक | १९३ | १२० |
२४. | लक्ष्मी बैंक | २२४ | ११२ |
२५. | सिटिजन्स बैंक इन्टरनेशनल | १९० | १५३ |
२६. | सनराईस बैंक | २४४ | १६२ |
२७. | नेपाल बंगलादेश बैंक | २०४ | ११४ |
प्रतिक्रिया 4