+
+

स्वास्थ्य विमा गर्नुअघि ध्यान दिने कुराहरु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १३ गते १३:५९

हाम्रो स्वास्थ्य सेवा एकदमै खर्चिलो र जटिल छ । त्यसैले रोग लागेपछि हामी ऋणको चंगुलमा फस्न सक्छौं । यस्तो अवस्थामा संभावित स्वास्थ्य संकट एवं उपचार खर्चबाट बच्नका लागि स्वास्थ्य विमा निकै उपयोगी हुन्छ । यद्यपि स्वास्थ्य विमाप्रति हामी त्यती जागरुक छैनौं । त्यसैले कुन अवस्थामा, कसरी स्वास्थ्य विमा गर्ने ? विमा गर्नुअघि के कस्ता कुरामा ध्यान दिने भन्ने जान्नुपर्छ ।

विमा गर्नुअघि तुलना गरौं

स्वास्थ विमा छनोट गर्नुअघि तपाईंले तीन-चार वटा वीमा कम्पनिहरुको योजनालाई परीक्षण गर्नु पर्छ । यसो गर्दा तपाईंलाई कुन विमा कम्पनिमा के-कस्ता सुविधाहरु छन्, के-के छैनन् भन्न कुराको जानकारी हुन्छ । ध्यान दिनु पर्ने कुरा के छ भने जुन योजनामा आवश्यता भन्दा बढी शर्तहरु राखिएको हुन्छ, त्यस्तो कम्पनिसंग स्वास्थ विमा गराउनु हुँदैन । स्वास्थ बीमाका हरेक शर्तहरुलाई राम्ररी नियाल्नु पर्छ ।

आफ्नो आवश्यकतालाई बुझ्नु पर्छ

यदि तपाईं स्वास्थ विमा गर्ने निर्णयमा पुग्नु भएको छ भने आफ्नो परिवारको आवश्यकतालाई ध्यानमा राख्नु पर्छ । परिवारका सदस्यको संख्या तथा उमेरमा विशेष ध्यान दिनु आवश्यक छ ।

जान्नै पर्ने कुरा

स्वास्थ विमा गर्ने कम्पनिलाई के कुरा सोध्नु पर्छ भने पहिलो दिनदेखि नै एक्सिडेन्टल ड्यामेज कभर छ कि छैन, सीजनल बिरामीहरु कहिलेदेखि कभर हुन्छन्, पोलिसी लिएको कति दिनपछि गम्भिर बिरामीहरु कभर हुन्छन् । केही कम्पनीले सुरुवातदेखि नै प्लान्ड सर्जरी जस्तै स्टोन (पत्थरीं), गलब्लाडर आदिलाई समावेश गर्छन् । त्यसकारण यो कुराको सम्पूर्ण जानकारी विमा गराउनुअघि नै लिनु पर्छ ।

आजिवन नविकरण

तपाईंले त्यस्तो स्वास्थ बीमाको नीति  लिनु पर्छ, जसले आजिवन नविकरणको सुविधा दिन्छ । किनभने कहिले बिरामी परिन्छ भन्ने कुराको जानकारी कसैलाई पनि हुँदैन । त्यस्तो बेला सही नीतिको छनोटले जीवनभरी सुरक्षा प्रदान गर्छ ।

निशुल्क  मेडिकल चेकअप

त्यस्तो पोलिसी लिनु पर्छ, जसमा निशुल्क मेडिकल चेकअपको सुविधा छ । केही कम्पनिहरुको आफ्नै डायग्नोस्टिक सेन्टर अथवा प्यानल अस्पताल हुन्छन्, त्यहीं गएर चेकअप गर्नु पर्ने हुन्छ भने केही कम्पनिहरुले बाहिरै चेकअप गर्ने सुविधा पनि प्रदान गर्छन् ।

प्री एण्ड पोस्ट हस्पिटलाइजेशन

अपरेसन गराउनुभन्दा अघि अथवा पछि डाक्टरलाई देखाउने अथवा टेस्ट गराउने नाममा धेरै पैसा खर्च हुन्छ । त्यस्तो बेलाका लागि पोलिसी लिने बेलामा नै त्यसमा प्री एण्ड पोस्ट हस्पिटलाइजेशनको सुविधा छ कि छैन भन्ने कुरा सोध्नु पर्छ । यसबाट पनि तपाईंले जीवनभरीको सुविधा पाउनु हुनेछ ।

शर्तको बन्धनमा नबाँधिनु होला

केही विमा कम्पनिहरुको पोलिसी यति अस्पष्ट हुन्छ कि तपाईं अस्पतालमा भर्ना भए पछि कोठाको भाडा निर्धारित पैसाभन्दा बढि मिल्दैन । यदि पोलिसीमा त्यस्ता केही शर्तहरु छन् भने त्यस्ता पोलिसी नलिनु नै बुद्धिमानी हुन्छ, किनभने कुन बिरामीको अवस्थामा त्यसका लागि कति दिनु पर्छ भन्ने कुरा तपाईंलाई थाहा हुँदैन ।

पुरानो रोग लुकाउनु हुँदैन

विमा कम्पनिहरु के चाहन्छन् भने विमा गर्ने व्यक्तिले आफ्नो रोग तथा आनीबानीका बारेमा सबै कुरा स्पष्ट बताउन् । जस्तो जीवनशैली कस्तो छ, मेडिकल हिस्ट्री कस्तो छ आदि । यी कुराको जानकारी पाएपछि कम्पनिले पनि तपाईंलाई बीमाको रकम दिन कुनै झन्झट नव्यहोर्नु परोस् । त्यसकारण तपाईंले आफूलाई कुनै रोग लागेको छ भने नलुकाइ बताइदिनु पर्छ, भलै तपाईंले त्यसका लागि केही बढी पि्रमियम तिर्नु पर्छ ।

महिलाहरुका लागि 

भविष्य तथा करियरप्रति महिलाहरुको सजगता बढ्न थालेको छ । कामकाजी महिलाहरु लगानी तथा अलग-अलग प्रकारका विमा पोलिसीहरुको आवश्यकतालाई बुझ्दै समय रहनुअघि नै आवश्यक कदम उठाउन थालेका छन् । गृहिणीहरुले पनि विमा पोलिसीको महत्वको बारेमा बुझ्नु पर्छ, खासगरी स्वास्थ बीमाको पोलिसी । अधिकांश घरहरुमा गृहिणीहरु नै गृहस्थी चलाउनका लागि घर खर्चको हिसाब हेर्छन् । त्यस्तो बेला घरका कुनै सदस्य अचानक बिरामी भए भने अथवा गृहिणी स्वयं गर्भवती भइन् भन् बजेटको गडबडी हुनु स्वभाविकै हो ।

त्यस्तो बेला स्वास्थ विमा निकै नै उपयोगी हुन्छ । हालै मात्रै एउटा सर्वेक्ष्ँणमा के कुरा सार्वजनिक भएको छ भने अधिकांश नेपाली गृहिणीहरु नियमित रुपले आफ्नो स्वास्थ परिक्ष्ँण गराउँदैनन्, जसका कारणले उनीहरुको स-साना स्वास्थ समस्याले नै ठूलो रुप लिन पुग्छ र त्यसपछि अस्पताल जानुको बिकल्प नै हुँदैन ।

ब्रेस्ट क्यान्सर, पाठेघरको क्यान्सर आदि महिलाहरुमा हुने सामान्य समस्या बन्दै गएको छ । स्वास्थ विमा पोलिसीले मेटरनल हेल्थका साथ-साथै यी सबै समस्याहरुको उपचारमा हुने खर्चलाई पनि कभर गर्छन् । महिलाहरुका लागि स्वास्थ विमा पोलिसीका थुप्र्रै फाइदाहरु पनि छन् । स्वास्थ विमा गर्नाले एकातिर महिलाहरु आर्थिक रुपले मजबुत समेत हुन्छन् भने अर्कोतिर उनीहरुलाई लाग्न सक्ने गम्भिर रोग तथा सुत्केरी हुने बेलामा गर्नु पर्ने खर्च जस्ता कुराहरुलाई पनि स्वास्थ बीमाले कभर गर्दछ । यसबाहेक तपाईं विवाहित हुनुहुन्छ र स्वास्थ विमा गर्नु भएको छ भने तपाईंलाई करमा समेत निश्चित छूट प्राप्त गर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?