+
+

प्रदेश सरकारसँग कृषि मन्त्रालयको प्रि-बजेट समन्वय छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते ११:४१

२५ फागुन, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन प्रदेश सरकारसँग छलफल थालेको छ ।

सातै वटा प्रदेश सरकारसँग एकीकृत नीति तथा कार्यक्रम तय गरी बजेट बनाउन आइतबारदेखि छलफल थालिएको मन्त्रालयले जनाएको छ ।

केन्द्र सरकार र प्रदेशबीच योजनामा समन्वय नहुँदा कृषिको समस्या थाती रहेको विगतको अनुभव पछि एकीकृत योजना तय गर्न दुई दिन छलफल सुरु भएको मन्त्रालयका उपसचिव डा.गंंगादत्त आचार्य जानकारी दिए ।

दुई दिनसम्म चल्ने बैठकमा छलफलमा सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सचिवको सहभागीता रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?