
२७ फागुन, काठमाडौं । प्रहरीले ललितपुरको गुह्यपोखरीमा हत्या गरिएका मजदुर हरि खड्काको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको गढी-१, पिङडाँडा घर भएका १९ वर्षीय धने भनिने आरुष थिङ छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पक्राउ गरेको हो ।
मूर्तिको काम गर्ने खड्काको २८ साउनमा कुटपिट गरी हत्या भएको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार अपराधमा थिङसहित अन्य केही व्यक्ति फरार थिए ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरसँग समन्वय गरेर उनलाई महाशाखाले पक्राउ गरेको जनाइएको छ । थिङलाई कानुनी कारबाहीका लागि जिल्ला अदालत, ललितपुर पठाइएको थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4