+
+

स्कुल बसको ठक्करबाट बालकको मृत्यु  

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १८:२५

२ चैत, काठमाडौं । सिराहामा स्कुल बसको ठक्करबाट आइतबार एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिराहा नगरपालिका-२२ का नरेशकुमार सिंहको २ वर्षीय छोरा पंकज सिंह रहेका छन् ।

सिराहा नगरपालिका-२२ बङ्गठीया चोकस्थित सडकमा घ.१ ख ३५७ नम्बरको स्कुल बसले ठक्कर दिँदा बालक सिंहको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसलाई नियन्त्रणमा लिई फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?