+
+

शिल्पीका नाटक युट्युबमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १८:१२

४ चैत, काठमाडौं । विश्वभरि नै सामान्यतायाः युट्युबमा नाटक राख्ने गरिँदैन । कलाको सबै विधा प्रयोग हुने नाटकका दर्शक पनि कमै हुने गर्छन् ।

तर शिल्पी थिएटरले भने दर्शकलाई नाटक हेर्न र बुझ्न सहज हुने लक्ष्यले मञ्‍चन भइसकेका पुराना नाटक युट्युबमा राख्ने चलन सुरु गरेको छ ।

शिल्पीले अहिलेसम्म ५ वटा नाटक युट्युबमा हालिसकेको निर्देशक घिमिरे युवराजले बताए ।  हरेक महिना २ वटा नाटक युट्युबमा हाल्ने योजना शिल्पीको छ ।
‘विदेशमा भएका नेपाली दर्शकलाई पनि नाटक हेर्न सजिलो होस् र पुराना नाटक दर्शकले आफूलाई मन पर्ने नाटक फेरि हेर्न सकून् भनेर नाटक अप्लोड गरेका हौं’, घिमिरेले अनलाइनखबरसँग भने । तर नयाँ नाटक र पुनः मञ्‍चन हुने नाटक भने युट्युबमा राखिने छैन ।

राजधानीमा कोरोना भाइरस कोभिड १९ को त्रासले भीडभाड हुने कार्यक्रम भएका छैनन् । सरकारले नै कार्यक्रम गर्न रोक लगाएकाले नयाँ नाटक मञ्‍चन गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?