+
+

अजिरकोट गाउँपालिकाको न्यायिक समितिमा २० उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १७:४१

६ चैत्र, गोरखा । अजिरकोट गाउँपालिकाको न्यायिक समितिमा २० वटा उजुरी परेका छन् ।

यो चालु आर्थिक बर्षको फागुन १९ गतेसम्मको तथ्याङ्क हो । सबैभन्दा बढी लेनदेन तथा रकम हिनामिनाको १० वटा उजुरी परेको समितिकी संयोजक एवं गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङले बताइन् ।

उनका अनुसार छमेकीसँग साँध विवाद, बाटो मापदण्डसम्बन्धी जग्गा विवाद, घरेलु हिंसा र अनैतिक सम्बन्ध तथा पारिवारिक बेमेलका २÷२ उजुरी परेका छन् । गाली गलौच तथा बेइज्जतीसम्बन्धी एउटा उजुरी दर्ता भएको उनले जानकारी दिइन् ।

परेका उजुरीमध्ये १२ वटाको निरुपण भइसकेको उनको भनाइ छ । ‘११ वटाको मेलमिलाप भयो, एउटा उजुरी अन्यत्र सिफारिस ग¥यौ,’ उनले भनिन् । आठ उजुरी निरुपण हुन बाँकी रहेको उनले बताइन् ।

प्रत्येक वडामा मेलमिलाप केन्द्र भएकाले समितिमा उजुरीको संख्या कम भएको उनको भनाइ छ । केही कानूनी अन्यौलताका साथै कानून सम्वद्ध कर्मचारी अभाव हुँदा समस्या भएको उनले जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?