+

साफ महिला फुटबलको प्रारम्भिक टोलीबाट १३ खेलाडी बाहिरिए

२०८१ असोज  २० गते २२:०६ २०८१ असोज २० गते २२:०६
साफ महिला फुटबलको प्रारम्भिक टोलीबाट १३ खेलाडी बाहिरिए

२० असोज, काठमाडौं । घरेलु मैदानमा हुने साफ वुमन्स च्याम्पियनसिपको लागि नेपालको प्रारम्भिक टोलीमा रहेका मध्ये १३ खेलाडी बाहिरिएका छन् ।

१३ खेलाडी बाहिरिएपछि अब टिममा २७ खेलाडी बाँकी छन् ।

नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आइतबार ४० खेलाडीबाट १३ खेलाडी हटाएर २७ मा ल्याएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

साफ च्याम्पियनसिप अक्टोबर १७ देखि ३० सम्म दशरथ रंगशालमा सञ्चालन हुनेछ ।

नेपाली टोलीका सावित्रा भण्डारी र रेखा पौडेल हाल विदेशमा खेलिरहेका छन् ।

 

२७ खेलाडीको सूची

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सुशिला चौधरी

डिफेण्डर : गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, सजनी थोकर

मिडफिल्डर : रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिसा कार्मी, विमला चौधरी, सरस्वती हमाल

फरवार्ड : रश्मि कुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, रेखा पौडेल, सावित्रा भण्डारी

साफ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय