
११ चैत, काठमाडौं । सरकारले सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको पहिलो दिन मंगलबार काठमाडौं उपत्यका सुनसान बनेको छ ।
सरकारले औषधि उपचार र खाद्यवस्तु खरिदबाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आग्रह गरेपछि सर्वसाधारण घरबाहिर निस्केका छैनन् भने यातायातका साधन पनि चलेका छैनन् । पसलहरु बन्द गरिएका छन्, सरकारी कार्यालयलगायत सबैजसो कार्यालय बन्द छन् ।
सधैंजसो ब्यस्त रहने काठमाडौं, भक्तपुर र ललितपुरका सडक मंगलबार प्राय: सुनसान छ । औषधि पसलबाहेक अन्य पसल खुलेको छैन । चोकचोकमा मास्क लगाएका सुरक्षाकर्मीहरु छन् ।
तर सडकमा पैदल हिँड्ने, मोटरसाइकल चलाउनेहरु पनि उत्तिकै छन् । सडकमा बसेका प्रहरीले उनीहरुलाई रोकिरहेको छ । जरूरी कामले यात्रा गर्ने, तरकारी बिक्री गर्ने, दैनिक उपभोग्य वस्तुको ढुवानी गर्ने, अत्यावश्यक सामानको जोहो गर्नेहरु पनि सडकमा निस्किएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4