११ चैत, काठमाडौं । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ ।
भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत भएको थियो ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको छ । तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4