+
+

धनगढीमा कोभिड-१९ परीक्षण गर्ने उपकरण जडान गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १२:५०

२० चैत, कैलाली । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने उपकरण जडान कार्य सुरु भएको छ ।

संघीय सरकारले चीनबाट खरिद गरेको उपकरण जडानको काम भइरहेको अस्पतालका प्रवक्ता डा‍. जगदीश जोशीले जानकारी दिए । ‘अहिले पनि जडानको काम भइरहेको छ,’ उनले भने, ‘केही प्राविधिक काम सकेपछि बिहीबार साँझसम्मबाट स्याम्पल परीक्षण हुनेछ । ’

सेती प्रादेशिक अस्पतालमा विज्ञको टोलीले उपकरण जडान गरिरहेको उनले जानकारी दिए । एक स्याम्पल चेक गर्न एक घण्टा दश मिनेट लाग्ने बताइएको छ । उपकरण जडानपछि कोरोना भाइरस परीक्षण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?