+
+

फुर्सदमा लुगाफाटोलाई कसरी नयाँ रुप दिने ?

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १५:०६

हामीमध्ये धेरैजसो घरभित्र छौँ। फुर्सदमा छौँ । के गरेर दिन कटाउने ? घरमै कामधन्दा नभएकाहरुका लागि पट्यारलाग्दो अवस्था होला। जाँगर भए घरको बसाइँ दिक्क लाग्दो हुनेछैन । अनुत्पादक हुने छैन । जाँगर र सीप हुनुपर्छ । नयाँ-नयाँ रचनात्मक काम गरेर बस्न सकिन्छ।

अहिले हाम्रो लुगाफाटो धोइरहनुपर्ने अवस्था छैन । घर बाहिर निस्कनु नपर्ने भएकाले नयाँ लुगाको आवश्यक्ता पनि भएन । तर, हामीसँग यस्ता थुप्रै लुगाफाटो छन् । जो पुरानो भइसके । कतिपय त हामीले लगाउनै छाडिसक्यौँ । पुरानो लुगाफाटोले कोठालाई भद्दा बनाएको पनि हुनसक्छ ।

पुरानो लुगाफाटो के गर्ने ?

यसको केही विकल्प छन् । पहिलो, यसलाई पुनः प्रयोग गर्नका लागि तयार गर्ने । दोस्रो, लुगाको अभाव भएकाहरुलाई दिने । तेस्रो, रुमालदेखि भुइँ पुछ्ने सामग्रीसम्म बनाएर प्रयोग गर्ने ।

पुराना लुगा सिलाउने

हामीमध्ये कतिपयको बानी के हुन्छ भने लुगाफाटो थोरै फाट्यो वा रंग उड्यो भने उक्त लुगा लगाउन छाड्छौँ। पुरानो लुगा जतन गर्नुभन्दा नयाँ लुगा खरिद गर्न सजिलो ठान्छौँ। तर, यसले हाम्रो पारिवारिक व्ययभार बढाइरहेको हुन्छ । एक हिसाबले यो फजुल खर्च हो ।

हामीसँग भएका धेरै लुगा सिलाएर लगाउन सकिन्छ । अहिलेको फुर्सदमा त्यस्तै लुगाफाटोहरु खोजौँ, जो प्रयोग गर्न छाडिएको छ। सिलाउन मिल्ने किसिमको लुगाहरु सिलाएर राखौँ । अरु दिनमा हामीलाई यी लुगा काम लाग्नेछन् ।

नयाँ रुप दिने कि ?

त्यसो त पुरानो लुगालाई नयाँपन दिने अनेक तौर तरिका छन् । तपाईंसँग भएका ती लुगाफाटोलाई काटेर, छाटेर, मोडेर, टालटुल गरेर पनि नयाँ रुप दिन सक्नुहुन्छ । तर, यसका लागि मिहेनत भने गर्नुपर्छ । हेर्दा आकर्षक र सुहाउँदो देखिनुपर्छ ।

हातमा सिप भएका र फेसनमा रुचि भएकाहरुले त नयाँ लुगालाई पनि यसरी नयाँ रुप दिएर मात्र प्रयोग गर्छन् । बजारमा खरिद गर्नसाथ लगाउँदैनन्, त्यसलाई केही न केही मोड्ने वा जोड्ने काम गर्छन् । आफ्नो शरीर अनुसार फिट गर्छन् । यसरी तयार गरेको लुगा अरुकोभन्दा फरक देखिन्छ । आकर्षक र सुहाउँदो पनि ।

युट्युबबाट सिक्न सकिन्छ

इन्टरनेटको सुविधा भएको ठाउँमा धेरै कुरा सहज छ अहिले । लुगाफाटोलाई कसरी नयाँ रुप दिने भन्ने तौर तरिका पनि हामीले युट्युबमा हेरेर सिक्न सकिन्छ । कस्तो लुगालाई कस्तो डिजाइनमा बनाउन सकिन्छ भनेर जान्न सकिन्छ ।

युट्युबमा देखाए जस्तै दुरुस्तै हुनुपर्छ भन्ने छैन । त्यसबाट तौर तरिका सिकेर आफ्नै ढंगले नयाँ रुप दिन सकिन्छ । सियो-धागोकै भरमा पनि लुगालाई नयाँ-नयाँ रुपमा तयार गर्न सकिन्छ ।

थोत्रो कपडा के गर्ने ?

पुन: प्रयोग गर्न नमिल्ने कपडालाई पनि विभिन्न प्रयोगमा ल्याउन सकिन्छ । जस्तो रुमाल बनाउन सकिन्छ । भान्सा पुछ्ने वा भुँइ पुछ्ने बनाउन सकिन्छ । हस्तकलाको सामग्री पनि बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?