
४ वैशाख, काठमाडौं । पैदल हिँडेर गाउँ फर्किने क्रम नरोकिएपछि गृह मन्त्रालयले मानिसहरू बसोबास रहेको जिल्लाबाट बाहिर जान नदिन परिपत्र गरेको छ ।
मन्त्रालयले सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई गरेको परिपत्रमा यसरी हिँड्न खोज्नेहरूलाई बसोबास रहेको जिल्लामा नै रोक्न निर्देशन दिएको हो ।
‘जो जहाँ छन्, त्यही बस्ने । एउटा जिल्लाबाट अर्कोमा नजाने सरकारको निर्णय नै छ’ मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, मानिसहरु प्रहरीलाई छलेर पनि हिँडिरहेका छन् ।
बीच बाटोमा पुगेपछि फर्काउन पनि अप्ठ्यारो हुने भएपछि ओरिजिन जिल्लाबाटै बाहिर आउन नदिन परिपत्र गरिएको हो ।’
बीच बाटोमा पुगेकाहरुको हकमा भने लैजाने जिल्लासँग समन्वय गर्न भनिएको छ । जिल्लाले स्थानीय तहसँग समन्वय गरेर १४ दिनमा क्वारेन्टाइनमा राख्ने गरी लैजान सक्ने गृहका अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया 4