
५ बैशाख, काठमाडौं । बानेश्वरको मिनभवनमा काठमाडौं महानगरपालिकाले कोरोना (कोभिड–१९) भाइरसको र्यापिड टेस्ट गरेको छ ।
वडा नम्बर ९, १०, ३१ र ३२ वडामा गरिएको परीक्षणमा ३ दिनमा ४०३ जनाको रगत जाँचिएको छ ।
तीमध्ये सबैको रिपोर्ट नेगेटिभ आएको महानगरले जनाएको छ ।
२०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिको कोरोना संक्रमणको अवस्था पत्ता लगाउन परीक्षण गरिएको महानगरको भनाइ छ ।
परीक्षण गरिएका मध्ये बढी वडा ३१ का ११९ जना र वडा ३२ का ११३ जना थिए । शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार वडा ४ का ५१ जना, १५ का ४८ जना ५ का ३९ जना, २२ का १७ जना, १० का १३ जना र ९ का ३ जनामा र्यापिड टेस्ट गरिएको थियो ।
मुलुकमा हालसम्म ३० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । एक उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया 4