+
+

स्वास्थ्यकर्मीको सम्मानमा विश्वचर्चित कलाकारले गरे अनलाइन कन्सर्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते ६:०५

७ बैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सम्मान र विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विश्वका चर्चित गायक गायिकाहरुले अनलाइन कन्सर्ट गरेका छन् ।

अनलाइन कन्सर्टमा एक सय जना गायक गायिकाहरुले सांगीतिक प्रस्तुती दिएका थिए ।

शनिबार इन्टरनेटमा प्रसारित यस कार्यक्रमलाई ‘वन वर्ल्ड–टुगेदर एट होम’ नाम दिइएको थियो । गायकगायिकाहरुले आ-आफ्नै घरबाट गीत गाएका थिए ।

यसको प्रत्यक्ष प्रसारण अमेजन प्राइम भिडियो, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ट्युनइन, ट्विच र युट्युबबाट गरिएको थियो । साथै ऐपल र म्युजिक टेलिभिजन च्यानलहरुले पनि यसको प्रत्यक्ष प्रसारण गरेका थिए ।

यो कार्यक्रम कोरोनाको महामारीसँग जुध्नका लागि विश्व स्वास्थ्य संगठनलाई आर्थिक मद्दत गर्ने उद्देश्यले गरिएको थियो ।

लेडी गागासँग मिलेर ग्लोबल सिटिजन र विश्व स्वास्थ्य संगठनले मिलेर अनलाइन कन्सर्ट आयोजना गरेका थिए । अनलाइन कन्सर्ट आठ घण्टासम्म चलेको थियो ।

लेडी गागाले भनिन्, ‘यो कार्यक्रम केबल पैसा जम्मा गर्नका लागि मात्र नभइ यस संकटको समयमा हाम्रा स्वास्थ्यकर्मीहरुलाई पूरै विश्वले तपाईंहरुको कामलाई सम्मान गरेको छ भन्ने सन्देश पनि दिनु थियो ।’

यसैगरी ऐनी लेनोक्सले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले आर्थिक सहयोग रोकेको प्रसंग उठाउँदै भने, भविष्यमा हुनसक्न स्वास्थ्य संकटबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठनलाई बलियो बनाउन अति आवश्यक छ ।

अनलाइन कन्सर्टमा रीता ओरा, जमीला जमील, एन्ड्रा डे, भारतीय गायक विशाल मिश्रा, प्यूर्टो रिको, लुई फन्सी, ब्यान्ड द किलर्स, शेरिल क्रो, एडम लाम्बार्ट लगायतका हस्तीहरुले सांगीतिक प्रस्तुती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?