+
+

यार्सा संकलन बन्द गरिने

रासस रासस
२०७७ वैशाख ९ गते २१:४७

९ वैशाख, जाजरकोट । यस वर्ष यार्सागुम्बा संकलन रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय, डोल्पाको अगुवाइमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले यस विषम परिस्थितिमा यार्सागुम्बा सङ्कलन रोक्ने निर्णय गरेको प्रजिअ सुरेश सुनारले जानकारी दिए ।

जिल्लाका अधिकांश जनप्रतिनिधिको उपस्थितिमा सो निर्णय गरिनाका साथै कोरोना त्रासका कारण बढेको लकडाउन अझै व्यवस्थित बनाउने, स्थानीय तहले क्वारेन्टाइन निर्माणदेखि आइसोलेशन निर्माणका कामका बारेमा समीक्षासमेत गरिएको छ ।

राहत प्याकेजलाई व्यवस्थित रुपमा वितरण गर्नका लागि सबै जनप्रतिनिधि र सरकारी अधिकारीले तदारुकता दिने प्रजिअ सुनारले जानकारी दिए । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा, ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाही, काइके गाउँपालिका अध्यक्ष अंकत राना मगर, त्रिपुरासुन्दरीका नगरप्रमुख ओम बुढालगायत स्थानीय सरकारका प्रमुखको सहभागिता थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?