
नायक जीवन लुइँटेल अहिले अमेरिकामा छन् । अमेरिका पुगेपछि जीवन नेपाली मिडिया र शुभचिन्तकहरुसँग टाढा बनेका छन् ।
नायक लुइँटेल कुनै समय चलचित्र क्षेत्रमा नम्बर १ को स्थानमा थिए । तर, चलचित्र करिअर फुल्दै गर्दा उनी अमेरिका हानिए ।
अमेरिका हानिएपछि उनी सामाजिक संजालमा पनि खासै सक्रिय छैनन् । यसैले पनि जीवनका शुभचिन्तकहरुले उनलाई खोजी गरेका छन् ।
उनै जीवन लामो समयपछि फेसबुक लाइभमा जोडिएका छन् । उनले, अमेरिकामा आफू सुरक्षित रहेको जानकारी दिएका छन् ।
नेपाल आएपछि चलचित्र क्षेत्रका लागि केही काम गर्ने क्रममा मिडियामा आउने चाहना रहेपनि अहिलेको अवस्थामा शुभचिन्तकहरुसँग केही कुरा गर्न मन लागेकाले फेसबुक लाइभमा जोडिएको जीवनले बोलेका छन् ।
कोरोना भाइरसको बिषयमा मात्र फेसबुक लाइभमा कुरा गरेका जीवनले सबैलाई घर भित्र रहन अपिल गरेका छन् । जीवनले अहिलेको समयमा घर भित्र नै बस्नु र लकडाउनलाई पालना गर्नु नै कोरोनाबाट बच्ने उत्तम विकल्प भएको बताएका छन् । जीवन रहे सबै रहने उनको भनाई छ ।
उनले चाडै नै कोभिड १९ को भ्याक्सिन बन्ने र समस्या समाधान हुने आशा पनि व्यक्त गरेका छन् । जीवनले चलचित्र क्षेत्रमा अब आफ्नो पाइला के हुन्छ ? भन्ने विषयमा केही बोलेनन् ।
प्रतिक्रिया 4