
वर्षायामसँगै चट्याङको कारण कतिपयले ज्यान गुमाउने गर्छन् । त्यसैले यसबेला चट्याङको सम्भावित जोखिमबाट बच्नका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ ।
खुला स्थान वा अग्ला डाँडाहरूमा चट्याङको जोखिम हुन सक्छ । टावर, अग्ला रूख, अग्ला संचरनामामा चट्याङ पर्न सक्छ । किनभने बादलमा जम्मा भएको विद्युतीय चार्ज तटस्थ हुने क्रममा माथिबाट तलतिर आउँदा जुन वस्तु नजिक पर्छ त्यहीमाथि विपरीत चार्ज पैदा हुन्छ । यसैलाई हामी चट्याङ परेको भन्छौँ।
चट्याङबाट कसरी जोगिने ?
यो प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न एवं नियन्त्रण गर्न सकिँदैन । तर, सावधानी भने अपनाउन सकिन्छ । घर निर्माण गर्दा अर्थिङ गराउनुपर्छ, जसले चट्याङको भय हुँदैन ।
सम्भव भएसम्म चट्याङ पर्ने अवस्थामा घरभित्रै बस्नु सुरक्षित हुन्छ । घरबाहिर भएपनि सुरक्षाको उपाय अपनाउनुपर्छ ।
१. घरभित्रको विद्युतीय उपकरणको स्वीच अफ गर्ने। टिभी, कम्प्युटर आदिको तार छोएर नबस्ने । साथै, धातुबाट बनाइएको झ्याल–ढोका आदिलाई छोएर बस्नुहुँदैन ।
२. भुइँमा सुत्नु, भित्तामा अडेसिनु पनि जोखिमयुक्त हुन सक्छ । झ्याल-ढोकाको छेउमा नबस्ने ।
३. चट्याङ परिरहेको बेलवा धारा खोलेर पानीको प्रयोग गर्नु पनि जोखिमपूर्ण हुन सक्छ । हात धुने, नुहाउने जस्ता काम नगरौँ ।
४. खोला, पोखरी आदिमा नबस्ने ।
५. अग्लो एवं खुला डाँडा, टावर, छत, रुख आदिमा नबस्ने ।
६. यदि तपाईं घरबाहिर हुनुहुन्छ भने होचो स्थानमा बस्नु उपयुक्त हुन्छ ।
७. मोटरसाइकल, साइकल आदि चलाइरहेको अवस्थामा पनि चट्याङ पर्ने सम्भावना हुन्छ ।
८. धातुको पाइप, पर्खाल, रूख आदिको छहारीमा नबस्ने ।
चट्याङले घाइते भएमा के गर्ने ?
यदि चट्याङले घाइते भएको अवस्थामा उसलाई तुरुन्तै प्राथमिक उपचार गर्नुपर्छ । श्वासप्रश्वास वा धड्कन रोृकिएको छ भने मुखमा मुख राखेर श्वास दिनुपर्छ ।
चट्याङले पोलेको, नसाहरूमा क्षति पुगेको छ, हात टुटेफुटेको छ भने प्राथमिक उपचारपछि तुरुन्तै स्वस्थ्य चौकी पुर्याउनुपर्छ ।
चट्याङ के हो ?
चट्याङ विपरीतबाट आएको बादल आपसमा ठोक्किँदा त्यसको अणुहरूबीच हुने आकर्षण, विकर्षण र घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङ्ग एवं शक्ति हो । यो अचानक हुने विद्युतीय विस्फोटन हो । चट्याङले विद्युतीय लहर उत्पन्न गराउँछ । यसबाट जोगिनका लागि सावधानी अपनाउनैपर्छ ।
प्रतिक्रिया 4