Comments Add Comment

मजदुर दिवसको शुभकामना !

१९ वैशाख, काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिकको हक अधिकारका विषयमा आवाज उठाउँदै यो दिवस मनाइन्छ ।

अमेरिकामा सन् १८८६ मा मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अवधारणा ल्याए । त्यसको तीन वर्ष पछि सन् १८८९ मा फ्रान्समा विश्वका मजदुर नेताहरू र रोजगारदाताहरूबीचको बैठकले मे १ लाई अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउने निर्णय गरे । यही आन्दोलनको सम्झनामा यो दिवस मनाउन सुरु गरिएको हो।

श्रमिक दिवसको दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने गरिन्थ्यो । तर, यसवर्ष कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण सार्वजनिक कार्यक्रम भएका छैनन् । मजदुर संघसंगठनले विज्ञप्ति निकालेर शुभकामना दिएका छन् ।

तर, एक महिनायता नेपालमा मजदुर वर्गले नै सबैभन्दा बढी दु:ख पाएका छन् । लकडाउनका कारण अनौपचारिक क्षेत्रका मजदुरले रोजगारी गुमाएका छन् । खानेकुराकै अभावमा धेरै मानिस पैदल हिँडेर घरतिर गएका छन् । कतिपय मजदुर भने लकडाउनको समयमा पनि काममै व्यस्त छन् ।

शुक्रबार बिहान काठमाडौंका केही इँटाभट्टा, तरकारी बजार, फोहोर संकलन केन्द्रमा पुग्दा मजदुरहरू काम गर्दै थिए । वर्षा र झरीको पर्वाह नगरी उनीहरू काममा खटिएकै छन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment