
६ जेठ, काठमाडौं । इटाली र स्पेनमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । सोमबार इटालीले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च ९ पछि पहिलोपटक २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक सयभन्दा कम देखिएको हो ।
सोमबार दिइएको जानकारीअनुसार इटालीमा पछिल्लो २४ घण्टामा ९९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।
कोरोना भाइरसको कारण समस्यामा रहेको स्पेनमा पनि एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५९ मा झरेको छ । कोरोना भाइरसबाट प्रभावित बनेका यी मुलुक पछिल्लो समय भने कोरोना भाइरसबाट पार पाउने क्रममा देखिएका हुन् ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार इटालीमा अहिलेसम्म कोरोना भाइरसको कारण ३२ हजार सात र स्पेनमा २७ हजार सात सय नौ जनाको मृत्यु भइसकेको छ ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4