+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाँझो जमिन उपयोगमा नल्याइए आफैं उपयोग गर्ने गैंडाकोट नगरपालिकाको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १९:०२
फाइल तस्वीर

६ जेठ, काठमाडौं । एक साताभित्र बाँझो रहेको खेती योग्य जमिन प्रयोगमा नल्याए आफैं उपयोग गर्ने गैंडाकोट नगरपालिकाले चेतावनी दिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण बेरोजगारी बढ्न गई खाद्यान्न संकट आउन सक्ने भन्दै नगरपालिकाले खेती योग्य जमिन प्रयोगमा ल्याउन यास्तो नीति अघि सारेको हो ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद आचार्यले अनलाइनखबरसँग भने, ‘बेरोजगारी र खाद्यान्न संकट अन्त्यका लागि बाँझो भूमि तत्काल प्रयोगमा ल्याउनु आवश्यक छ । बाँझो भूमि प्रयोगमा ल्याउँदा उत्पादन पनि बढ्ने र बेरोजगारी समस्या पनि केही हदसम्म अन्त्य हुन सक्छ । दोहोरो फाइदा देखेर नै नगरपालिकाले यो अभियान सञ्चालनमा ल्याउन लागेको हो ।’

धेरै खेती योग्य जमिन बाँझो रहेको पाइएपछि स्थानीयस्तरमा उत्पादन बढाई खाद्यान्न संकट अन्त्यका लागि यो खालका अभियान अघि सारिएको आचार्यले बताए ।

अधिकृत आचार्य भने, ‘एक साताभित्र बाँझो जमिन उपयोगमा ल्याउन सूचना जारी गरेका छौं । यदि कसैले अटेर गरेमा त्यस्तो जमिन नगरपालिकाले उपयोग गर्नेछ । त्यस्तो बाँझो जमिनबाट उत्पादन भएका खाद्य्य बस्तुहरु खाद्यान्न भण्डारमा जम्मा गरिने छ । जमिन उपयोग गरेवापत नगरपालिकाले जग्गा धनीलाई कुनै भाडा दिइने छैन ।’

आन्तरिक रोजगारी र उत्पादन समेत बढाउने उदेश्यले यस्तो अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ । यस्तो जमिन उपयोग गर्दा सम्बन्धित वडाको समन्वयमा गरिने र उत्पादन भएका खाद्यान्न नगरस्तरीय खाद्यान्न भण्डारमा जम्मा गरिने आचार्यले बताए ।

‘गैंडाकोट नगरपालिका वडा नम्बर १७ मात्रै १८ बिघा भन्दा बढी जमिन बाँझो रहेको पाइएको छ । त्यस्तै गरी वडा नम्बर ५ मा पनि १० बिघा भन्दा बढी जमिन बाँझो रहेको सूचना छ । यो त उदाहरण मात्रै दिएको हुँ । यस्तो बाँझो जमिन अन्य वडामा पनि होलान् । यत्ति धेरै क्षेत्रफलमा जमिन बाँझो बसेपछि कसरी स्थानीय स्तरमा उत्पादन बढ्न सक्छ,’ आचार्यले भने, ‘तसर्थ नगरपालिका क्षेत्रभित्र विभिन्न व्यक्ति, संघसंस्था, कम्पनी आदिको स्वामीत्वमा रहेको बाँझो खेतीयोग्य जमिन तत्काल उपयोगमा ल्याउने कार्य प्रारम्भ गर्नका लागि सबैसँग अपिल गरेका हौं ।’

नगरपालिकाले आइतबार एक प्रेस विज्ञप्ति नै जारी गरेरै खेती योग्य बाँझो जमिन उपभोगमा ल्याउन सबैमा अपिल गरेको छ । विज्ञप्तिमा भनिएके छ,‘सूचना जारी भएको सात दिनभित्र पनि यस बमोजिमको कार्य प्रारम्भ भएको नपाइएमा बाँझो रहेको जमिनको स्वामीत्व तथा दायित्वमा कुनै असर नपर्ने र सो वापत कुनै भाडा नदिई निष्क्रिय जमिनको उपयोग गर्दै आन्तरिक रोजगारी र उत्पादन समेत बढाउनका लागि नगरपालिकाले कम्तिमा एक वर्ष उक्त जमिन प्रयोग गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?