
१० जेठ, काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का २० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ८०३ नयाँ संक्रमित फेला परेका हुन् ।
दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको मुलुकमा यससँगै कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ३० हजार ८९० पुगेको छ ।
संक्रमित संख्याको हिसाबमा ब्राजिल अमेरिकाभन्दा पछि दोस्रो स्थानमा देखिएको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसबाट एक हजार एक जनाको मृत्यु भएको छ । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २१ हजार ४८ पुगेको छ ।
स्रोत : सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4