+
+

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा किट अभाव

रासस रासस
२०७७ जेठ ११ गते १७:२४

११ जेठ, भजनी । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किट अभाव भएको छ ।

यही जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो । किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

‘जोखिम बढेको छ, किट छैन परीक्षणको दायरा बढाउन सकिएको छैन,’ उनले भने, ‘प्रदेश सरकारसँग समन्वय गर्दा पनि किट पाइएको छैन । आफ्नै स्रोतले खरिदका लागि पनि सम्भव देखिँदैन ।’ उनले आरडीटी र भीटीएम दुवै किट नहुँदा परीक्षणको काम पूर्ण रूपमा रोकिएको जानकारी दिए ।

नगरपालिकामा हाल १६० जना क्वारेन्टिनमा रहेका छन् । भारतबाट नागरिक आउने क्रम बढेसँगै क्वारेन्टिनको व्यवस्थापनमा समेत नगरपालिकाले काम गर्दै आएको उनले बताए । नगरपालिकाको प्रोफाइलका अनुसार १६ हजार नागरिक भारतमा रहेको बताए । उनले यस्तै अवस्था रहने हो भने स्थानीय सरकारले धेरै दिन थेग्न नसक्ने भन्दै हालको अवस्थामा कम्तीमा पाँच हजार नागरिक नगरमा भित्रन सक्ने बताए ।

त्यस्तै संक्रमण देखिएको जानकी गाउँपालिमा समेत किट नहुँदा कोरोना परीक्षण रोकिएको छ । संक्रमितको सम्पर्कमा आएका ४२ जना आफूहरुको सम्पर्कमा आए पनि परीक्षण किट नभएका कारण कुनै काम गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । उनले दिनप्रतिदिन सयौंको संख्यामा भारतबाट नागरिक आउन थालेको बताउँदै परीक्षणको दायरा बढाउन नसकेकै कारण समुदायमा त्रास फैलिएको बताए । स्वास्थ्य शाखा प्रमुख चौधरीले क्वारेन्टिनमा बसेकाको समय पुगिसकेको पनि किट नभएकै कारण जाँच गर्न नसकिएको बताए । जानकी गाउँपालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि वडा नं ४ को मोतिनगर र वडा नं ७ को बेलासपुर सिल गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?