
३२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को खोप निर्माण भएसँगै उक्त खोप पाउनका युरोपको इन्क्लुसिव भ्यासिक्म एलायन्सले औषधि निर्माता एस्ट्राजेनेकासँग सम्झौता गरेको छ ।
बेलायती औषधि निर्माताले अहिले कोरोना भाइरसविरुद्धको औषधि निर्माणको काम गरिरहेको छ । एलायन्स र कम्पनीको बीचमा भएको शनिबार भएको यो सम्झौताअनुसार खोप बनेसँगै ४० करोड खोप युरोपलाई दिनुपर्ने हुन्छ । यो एलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्ड्सले गरिरहेका छन् ।
कम्पनीले भने अहिले खोपको उत्पादन बढाउने प्रयास भइरहेको बताएको छ । महामारीबाट बच्नका लागि निर्माण भइरहेको यो खोप कुनै नाफा नलिई आपूर्ति गर्ने कम्पनीले बताएको छ । यो वर्षको अन्तिमबाट यो खोपको आपूर्ति सुरु गरिने कम्पनीले बताएको छ ।
यो सम्झौता कति रकममा भएको हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । यद्यपि यसका लागि अहिले जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्ड्सले पैसा दिने भएका छन् । यो एलायन्समा अन्य मुलुक पनि सहभागी हुन सक्नेछन् ।
अहिलेसम्म कोरोना भाइरसको कुनै खोप बनेको छैन । यस्तो अवस्थामा अहिले कम्पनीले निर्माण गरिरहेको खोप कत्तिको प्रभावकारी हुन्छ भन्ने हेर्न बाँकी नै छ । अहिले विभिन्न कम्पनीहरुले खोप निर्माणको काम गरिरहेका छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4