
२ असार, गुल्मी । गुल्मीमा नर्सरीबाट उत्पादन भएका विभिन्न फलफूल र नगदेबालीका विरुवा बिक्री नहुँदा नर्सरी सञ्चालक समस्यामा परेका छन् ।
लामो लकडाउनका कारण कागती, सुन्तला, अनार, मौसम, टिम्मुर, किबी, चियापत्ती, कफीलगायत एक दर्जन भन्दा वढी फलफुल र घाँसका विरुवा बिक्री नभएको रेसुङ्गा नगरपालिका –७ को पुतलीबजारमा वीरबहादुर कार्कीले बताए ।
जिल्लामा बाँझो जमिन खनेर कागती लगाउने अभियान चले पनि बिरुवा अन्य जिल्लाबाट ल्याउने प्रचलनले नर्सरी सञ्चालक समस्यामा परेका उनले बताए ।
५ रोपनीको नर्सरीमा बिरुवा उत्पादन गर्दै आएका कार्कीको नर्सरीमा बिक्री गर्न मिल्ने खालका करिब ५० हजार भन्दा वढी बिरुवा रहेको छ । नर्सरीमा अझै धेरै विरुवा उत्पादन गर्ने सोच रहे पनि बिक्री नहुँदा समस्या भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4