+
+

अमेरिकाले लगायो भारतको ‘उद्धार उडान’मा रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १७:४९

१० असार, काठमाडौं । अमेरिकाले भारतको सरकारी एयरलाइन्स एयर इन्डियामाथि भेदभावको आरोप लगाउँदै उसको उद्धार कार्यक्रमअन्तर्गत हुने उडानमा रोक लगाएको छ । अमेरिकाले भारतबाट अमेरिका आउने र अमेरिकाबाट भारत प्रस्थान गर्ने दुवै किसिमको उडानमा रोक लगाएको हो ।

अमेरिकाको यातायात मन्त्रालयका अनुसार एयर इन्डियाले उडानको लागि पनि टिकट बेचिरहेको थियो । जसको कारण उसको उद्धार उडान हुन नसक्ने मन्त्रालयको निष्कर्ष छ ।

अमेरिकी एयरलाइन्सलाई भने अमेरिकी अधिकारीले एयर इन्डियाको जस्तै सुविधाको लागि आग्रह गरेको भए पनि भारतले अस्वीकार गरेको बताइएको छ । कोरोना भाइरस (कोभिड–१९) फैलिएसँगै भारतले अमेरिका लगायतका अन्य मुलुकमा फसेका भारतीयलाई उद्धारको काम सुरु गरेको थियो ।

अमेरिकाले गरेको यो फैसलाप्रति एयर इन्डियाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?