
१५ असार, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफूहरु अझै कोरोना भाइरस (कोभिड–१९) को संकटबाट बाहिर नरहेको बताएका छन् । उनले पछिल्लो समय केही स्थानमा कोरोना भाइरसका संक्रमित बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले अहिले बेलायतको लेस्टरलमा कोरोना भाइरसका संक्रमित बढेकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले स्थानीय स्तरमा वृद्धि भएको कुनै पनि स्थानको संक्रमण चिन्ताजनक रहेको उल्लेख गरे ।
उनले आफूहरु सतर्कता अपनाउँदै व्यवस्थित हिसाबले विभिन्न किसिमका कदम चालिरहेको बताएका छन् । उनले जुलाई ४ बाट मुलुकमा सेवाको क्षेत्र खुल्न शुरु हुने बताएका छन् । उनले मुलुकको अर्थतन्त्र पुनः सही बाटोमा आउने उल्लेख गरेका छन् । यद्यपि यसलाई सम्भव बनाउन आफूहरु सतर्क रहनुपर्ने उनको भनाइ छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले बेलायत कोरोना भाइरसका संक्रमित संख्याको आधारमा बेलायत पाँचौं सबैभन्दा प्रभावित मुलुक हो । अहिलेसम्म बेलायतमा तीन लाख १२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
स्रोत ः बीबीसी
प्रतिक्रिया 4