
२५ असार, कैलाली । कैलालीमा हत्या आरोपमा पक्राउ परेका एक अभियुक्त हतकडीसहित भागेका छन् ।
इलाका प्रहरी कार्यालय फल्टुडेबाट बुधबार राति चुरे गाउँपालिका–६ भावरका २३ वर्षका गणेशबहादुर ऐर भागेका हुन् । उनी हजुरआमाको हत्या आरोपमा पक्राउ परेका थिए ।
खाना खाने बेला प्रहरीलाई झुक्काएर भागेका उनको खोजी भइरहेको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम जबराले बताए । अभियुक्तको खोजीका लागि डीएसपी प्रतीक विष्टको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।
७५ बर्षकी पार्वतीदेवी ऐरको हत्या आरोपमा बुधवार बिहान प्रहरीले गणेशलाई पक्राउ गरेको थियो । उनले मंगलबार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4