+
+

थप ११८ जनामा कोरोना संक्रमण, १२० जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते २०:२८

२६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुुसार सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा थपिएका छन् । काठमाडौंमा मात्र २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा १३, सुर्खेतमा ११, सर्लाही र तनहुँमा ८/८ जना, गुल्मीका ६ जना र धनुषा, महोत्तरी र पाल्पाका ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम, पाँचथर, सिराहा, काभ्रे, रौतहट, बाग्लुङ, नवलपरासी र दैलेखका २/२ जना तथा रसुवा, डोटी, चितवन, बाँके, भक्तपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, गोरखा, बाजुरा, डोल्पा र सल्यानमा एक/एक संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?