+
+

इन्धनको मूल्यवृद्धिको विरोधमा नेविसंघको धर्ना (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १७:३१

२८ असार, काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगम लिमिटेडको गेट अगाडि धर्ना दिएको छ ।

कोरोनाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पटक-पटक पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरिनु आफैंमा अमानवीय कार्य भएकोले बाध्य भएर धर्ना दिनु परेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

लकडाउनको तीन महिनाको अवधिमा मात्र ३ अर्ब नाफा गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्यवृद्धि हुँदा पेट्रोलियम पदार्थमा पटक पटक मूल्य वृद्धि गरिने गलत भएको भन्दै आइतबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म एक घण्टा धर्ना दिइएको भट्टराईले बताए ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?