+
+

भारतमा कोरोना संक्रमित १५ लाख नाघे

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १२:१५

१४ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १५ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र ४८ हजार ५१३ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ३४ हजार १९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७६८ जनाको मृत्यु भएको हो ।

संक्रमित संख्याको आधारमा भारतको महाराष्ट्र, तामिलनाडु र दिल्ली सबैभन्दा प्रभावित देखिएका छन् । अहिलेसम्म भारतमा कोरोना भाइरसका नौ लाख ८८ हजारभन्दा धेरै संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?