+
+

विराट अस्पतालमा आकस्मिक सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १९ गते १३:४४

१९ साउन, विराटनगर । अस्पताल सञ्चालकलाई कोरोना संक्रमण देखिएपछि बन्द गरिएको विराटनगर (विराट नर्सिङहोम) अस्पताल पुन: सञ्चालनमा आएको छ । साउन ८ यता बन्द रहेको अस्पताल सोमबारबाट पुनः सञ्चालनमा आएको हो ।

अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कार्यरत र सेवा लिन आएका सेवाग्राही सबैको पीसीआर जाँच भइसकेकाले अस्पताल सञ्चालन गरिएको बताए ।

अस्पताल सञ्चालनअघि पूर्णरुपमा सेनिटाइज गरी डिसइन्फेक्टेड गरेको उनले बताए । विराटनगरमा लकडाउन गरिएकाले तत्काल आकस्मिक सेवा मात्र सञ्चालन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?