+
+

अस्ट्रेलियाको मेलबर्नमा लकडाउनमा थप कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १३:४६

२२ साउन, काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा बिहीबारदेखि पूर्णरुपमा लकडाउन सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएसँगै भिक्टोरिया राज्यले मेलबर्न सहरमा लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो । बिहीबारदेखि सुरु भएको लकडाउन ६ सातासम्म रहनेछ ।

बिहीबारदेखि मेलबर्नका अधिकांश पसल र व्यवसायहरु बन्द रहनेछन् । कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिन नदिन लकडाउनमा कडाइ गरिएको भिक्टोरियाको सरकारले बताएको छ ।

बिहीबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भिक्टोरिया राज्यको राजधानीमा ४७१ नयाँ संक्रमित फेला परेका छन् । साथै सो अवधिमा आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म अस्ट्रेलियामा कोरोना भाइरसका २० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने २५५ जनाको मृत्यु भइसकेको छ । भिक्टोरियामा मात्र कोरोना भाइरसका १३ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

यसअघि पनि केही खुकुलो लकडाउनको सामना गरेका मेलबर्नका बासिन्दाहरुलाई भिक्टोरियाका प्रिमियर डेनिअल एन्ड्र्युजले शान्त रहन र खाद्यान्न अभावको डरमा महिनौंलाई पुग्ने खाद्यान्न नकिन्न सुझाव दिएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?