+
+

गृहमन्त्रीको स्कर्टिङमा प्रयोग हुने गाडीले स्कुटरलाई ठक्कर दियो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १२:२३
प्रतीकात्मक तस्वीर

२ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को स्कर्टिङको गाडीले स्कुटरलाई ठक्कर दिएको छ । मंगलबार बिहान ९ बजे सिंहदरबार पश्चिम गेट अगाडि भद्रकालीबाट माइतीघर मण्डलातर्फ गइरहेको गाडीले स्कुटरलाई ठक्कर दिएको हो ।

बा १ झ ५५५४ नम्बरको गाडीले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडीबाट ठक्कर दिँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोट घर भइ बालाजु बस्ने २२ वर्षीया लिला थापा र पछाडि सवार २६ वर्षीया सुदा थापा छन् ।

दुवैको अवस्था सामान्य रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले जनाएको छ । बाजुराका पहिरो पीडितका लागि राहत सामग्री लिएर जाने कार्यक्रम गृहमन्त्री थापाको थियो । त्यसका लागि प्रहरी प्रधान कार्यालय, नक्सालबाट अगुवा गाडी सिंहदरबार आएको थियो ।

त्यसक्रममा सिंहदरबारबाट गृहमन्त्रीलाई लिन मन्त्री निवास पुल्चोक जाँदा दुर्घटना भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?