+
+

पर्सा र बारामा ११७ जनामा कोरोना संक्रमण पुष्टि, बहुदरमाईका मात्रै ९० जना

सुरेश बिडारी सुरेश बिडारी
२०७७ भदौ ३ गते ११:५३

३ भदौ, वीरगञ्ज । पर्सा र बारामा एकै दिन ११७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पर्साको बहुदरमाई नगरपालिकाका मात्रै ९० जना रहेका छन् । पर्साकै वीरगञ्जका ६ जना, जिराभवानी गाउँपालिकाका ४ जनाजना र एकजना छिपरमाई गाउँपालिकाका रहेका छन् ।

यस्तै बयोधा अस्पतालका ६ जना, नेपाली सेनाका ४ जना, बाराका ४ जना, भारतीय महावाणिज्य दूतावास र सप्तरीका एक/एकजना रहेका छन् ।

संक्रमितमध्ये ३५ जना महिला हुन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?