+
+

आधा करोडको अफिमसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ८ गते १८:२९

८ भदौ, काठमाडौं । प्रहरीले साढे ६ किलो लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटका दिलिप विश्वकर्मा र जाजरकोटकी प्रमिला राउत छन् ।

महानगरीय अपराध महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका एसएसपी दीपक थापाले बताए अनुसार उनीहरुले काठमाडौंमा बिक्री गर्ने उद्देश्यले अफिस भएको झोला बोकेर हिँडिरहेका थिए ।

प्रहरीले विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर खनतलासी लिँदा झोलाभित्र साढे ६ किलो लागूऔषध अफिम बरामद भएको थापाले बताए ।

प्रारम्भिक अनुसन्धानमा बरामद अफिम रोल्पा वा रुकुमबाट ल्याइएको हुनसक्ने देखिएको थापाले बताए । अफिम ब्राउन सुगर बनाउन प्रयोग हुन्छ ।

उनीहरुले ८ लाख रुपैयाँ प्रतिकिलोमा अफिम बेच्न लागेका थिए । जिल्लाबाट ल्याउँदा भने प्रति किलो एक लाख रुपैयाँमा ल्याइएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?