+
+

गृहको निर्देशनमा झापा गोलीकाण्डको छानबिन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ११ गते २१:०७

११ भदौ, काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् ।

समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले अनलाइनखबरलाई बताए ।

बुधबार जिल्लाको झापा गाउँपालिका ३ का कामाटोलमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको थियो ।

गोरु कटेको अभियोगमा पक्राउ परेका २ अभियुक्तलाई नेपाल प्रहरीले सदरमुकाम लैजाने क्रममा विवाद भएको थियो । त्यसक्रममा स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?