
प्रतिकात्मक तस्वीर ।
२९ भदौ, काठमाडौं । झापामा आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका-७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेव रहेका छन् ।
५० वर्षीया मीरा ऋषिदेवको हत्या गरेको अभियोगमा प्रहरीले आइतबार राति उनको छोरा दिनेशलाई पक्राउ गरेको हो । घटनाको प्रारम्भिक अनुसन्धान अनुसार मादक पदार्थ सेवन गरेका दिनेशले बञ्चरो र ढुङ्गा प्रहार गर्दा मीराको घट्नास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4