+
+

संविधान दिवसको अवसरमा २८९ जनाको कैद मिनाह

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते १९:१३

२ असोज, काठमाडौं । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका २८९ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।

मन्त्रिपरिषद्को सिफारितमा शनिबारदेखि लागू हुने गरी हेमराज तुम्वाहाम्फेसहित २८९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका हुन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा)नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ ।

यस्तै, राम दयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद र जरिवानसमेत माफी गरिएको छ ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७६ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?