+
+

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३ गते १३:२८

३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१२ दिन पहिले अस्पताल भर्ना भएका उनी शनिबार डिस्चार्ज भएका हुन । यद्यपि चिकित्सकको सल्लाह अनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने कोइरालाले जानकारी दिएका छन् ।

स्वास्थ्यमा क्रमिक सुधार आएसँगै चिकित्सकसँगको परामर्शमा डिस्चार्ज भएको उनले बताए । महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

कोइरालाको ११ औं दिनका दिन हिजो स्वाब संकलन गरिएको थियो । सात गते पुनः स्वाब परीक्षण गरिने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?