+
+

‘रोजगारी खोज्ने विद्यार्थीका लागि सेमेष्टर नलम्ब्याउने निर्णय’

परीक्षाको विश्वसनियतामा आँच आउँदैन : मध्यपश्चिम विश्वविद्यालय

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १२:४०

६ असोज, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले तत्काल रोजगारीको खोजी गर्न बजारमा जाने विद्यार्थीहरुका लागि सेमेष्टर नलम्ब्याउने निर्णय गरिएको जनाएको छ ।

विश्वविद्यालयले आठौं सेमेष्टर मंसिर महिनाभित्रै सक्ने निर्णय यसअघि नै गरिसकेको छ । सातौं सेमेष्टरको अन्तिम परीक्षा असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म छ । तर, आठौं समेष्टर मंसिर महिनामै सक्ने निर्णय विश्वविद्यालयले गरेको छ ।

परीक्षा व्यवस्थापन कार्यालय प्रमुख आनन्दप्रसाद सुवेदीले भने विज्ञप्ति जारी गरी एक महिनामै सेमेष्टर सक्ने योजना नबनाइएको प्रस्ट्याएका छन् । विद्यार्थीको सेमेष्टर अपग्रेट भइसकेको र आठौं सेमेष्टरमा सैद्धान्तिकभन्दा प्रयोगात्मक विषय धेरै रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘यसभन्दा अगाडि नै विद्यार्थीको सेमेष्टर अपग्रेड गरिसकेको र स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरी तत्काल रोजगारीको खोजी गर्न बजारमा जाने विद्यार्थीहरुको लागि सेमेष्टर नलम्बाई निर्धारित शैक्षिक वर्षभित्र परीक्षा सन्चालन गर्न मप विश्वविद्यालयको मिति २०७७ भाद्र २५ गतेको निर्णयअनुसार २०२० डिसेम्बरभित्र विद्यार्थीको परीक्षा सम्पन्न गरिसक्नुपर्ने भएकोले उक्त सूचना जारी गरिएको हो ।’

साथै विश्वविद्यालयले कर्णाली प्रदेशको भौगोलिक विकटता र मौलिक तथा रचनात्मक उत्तर लेख्नुपर्ने खालको प्रश्नपत्रको ढाँचा भएकाले परीक्षाको समय अवधि आठ घण्टा तोकिएको जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको परीक्षा सम्बन्धी निर्देशिकामा उल्लेख भएअनुसार इन्जिनियरिङतर्फ सातौं सेमेष्टरको ६० पूर्णाङ्कको अन्तिम परीक्षा बिहान ८ बजेबाट सुरु हुने र अपराह्न ४ बजेभित्र उत्तरपुस्तिका बुझाइसक्नुपर्ने छ । ६० पूर्णाङ्कको सो परीक्षामा १० नम्बरको बहुबस्तुगत प्रश्नसमेत समाबेस हुन्छ । विद्यार्थीको उत्तर पुस्तिका हस्तलिखित हुनुपर्ने व्यवस्था गरिएको छ ।

विश्वविद्यालयले अहिले आठ-आठ घण्टा परीक्षा समय तोकेर चिट चोर्न अनुकूल बनाइदिएको र प्रयोगात्मक परीक्षा नै नगराई जथाभावी अंक दिएर आठौं सेमेष्टर पनि सकाउने प्रपन्च रचिएको भन्दै नेपाल इन्जिनियर्स एशोसियसनको यसअघि ध्यानाकर्षण गराइएको छ ।

तर विश्वविद्यालयले परीक्षाको विश्वसनीयतामा कुनै आँच नआउने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?