+
+

लकडाउनमा आधा दर्जन फिल्मबाट अफर आयोः बेनिशा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १०:२५

नायिका बेनिशा हमाल नयाँ चलचित्र ‘भाँडाकुटी’मा काम गर्ने तयारीमा छिन् । फागुणबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । नायिका हमाल उनको पछिल्लो रिलिज चलचित्र ‘घर’मा काम गरेपछि मुम्बई हानिइन् । मुम्बइमा पुगेर फिल्म मेकिङ पढिरहेकी बेनिशा भारतमा कोरोना संक्रमितको संख्या बढेपछि नेपाल आएकी थिइन् ।

उनै, बेनिशाले आफूलाई लकडाउनको समयमा आधा दर्जन चलचित्रको अफर आएको सुनाइन् । बेनिशा भन्छिन्–‘मलाई लकडाउनको समयमा आधा दर्जन चलचित्रबाट अफर आएको थियो । मैले स्क्रिप्ट पढिरहेको थिएँ । भाँडाकुटीको कथा मन परेपछि काम गर्न तयार भएकी हुँ ।’

बेनिशाले आफैलाई सेल्फ कन्ट्रोल गर्न फिल्म मेकिङ पढ्न थालेको पनि बताएकी छिन् । बेनिशाले यो समयमा नपढ्ने हो भने पछि पछुताउने भन्दै डेढ बर्ष कुनै प्रोजेक्टमा काम नगर्ने सोच बनाएरै मुम्बई गएको बताइन् । बेनिशा चलचित्र निर्माण, निर्देशन, लेखन पढिरहेकी छिन् ।

चलचित्र ‘ब्लाइन्ड रक्स’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितेकी बेनिशाको नाममा बक्स अफिसमा चलचित्र चलेका भने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?