Comments Add Comment

मेचु धिमाल र पृथ्वी खनालको म्युजिक भिडियो

अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, मलमल कुर्तावाली ।

यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाका हालेकी छिन् ।  मेचुलाई स्वरमा साथ दिएका छन्, पृथ्वी खनालले । उनी पनि भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक हुन् ।

गीत लेखु सहयात्रीले लेखेका हुन् । संगीत करण राज कार्कीको हो । एरेन्ज देवेश राईको छ भने मिस्क्सिङ÷मास्टरिङ किशोर थापाको । रेकर्डिस्ट हुन्, राजेश श्रेष्ठ ।

‘मलमल कुर्तावाली’ गीतको म्युजिक भिडियो भने गिष्मा भटट र गिरिस भट्टले निर्माण गरेका हुन् । यसको निर्देशन गरेका छन् मौसम हिमालीले । म्युजिक भिडियोमा मेचु, पृथ्वी र सन्तोष पाण्डेको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment