Comments Add Comment

दसैँको दिन कोरियामा नेपाली कामदारको ‌औद्योगिक दुर्घटनामा मृत्यु

१२ कात्तिक, सउल (दक्षिण कोरिया) । परदेशमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भएका छन् ।

उनी ईपीएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो ।

उनका सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियाली कामदारले चलाएको छिगेछा (सामान बोक्ने गाडी)ले च्यापेर उनको मृत्यु भएको हो ।

मृतक राई ख्यङ्सान नाम्दो, हाप्छनगुन भन्ने ठाउँमा काम गर्थे । छिगेछाले च्यापेपछि उनलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

उनको शवलाई हाल नजिकैको अस्पतालमा राखिएको छ । घटनाबारे सउलस्थित नेपाली दूतावासले अनौपचारिक जानकारी मात्र प्राप्त भएको र आवश्यक प्रक्रिया पूरा गर्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment