११ भदौ, काठमाडौं । दक्षिण कोरियले विपद्का कारण ज्यान गुमाएका तथा प्रभावित नेपाली नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाल र नेपाली जनतासँग रहेको बताएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनले यस्तो बताएका हुन् ।
वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीबीच नेपालमा पछिल्लो समय उत्पन्न विपद्को अवस्था तथा त्यसबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतका विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्री खनालले विपद्बाट प्रभावित सबैको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराए ।
उनले प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर आवश्यक सबै प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया 4