+
+
Shares

बाढी पीडितलाई कोशी प्रदेश सरकारको तीन करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सरकारले भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारका लागि राहत र उद्धारमा ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
  • बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
  • मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

११ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले  भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि राहत र उद्दारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश सरकारले आफ्नोतर्फबाट राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्ने बताए ।

मन्त्रिपरिषद् बैठकले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?