News Summary
Generated by OK AI. Editorially reviewed.- राहदानी विभागले ईपीएस परीक्षाको चापलाई ध्यानमा राख्दै आगामी १८ साउन २०८३ सम्मका लागि राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ।
- दक्षिण कोरियाको रोजगारीका लागि आवेदन दिने म्याद थपिएपछि सेवाग्राहीलाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनमा पनि सेवा सञ्चालन गर्ने भएको छ।
- विभागले सेवाग्राहीलाई फाराममा उल्लेख गरिएको तोकिएको मिति र समयमा मात्र राहदानी सेवा लिन उपस्थित हुन अनुरोध गरेको छ।
१४ साउन, काठमाडौं । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी विभागले आगामी सोमबार अर्थात् १८ साउन २०८३ सम्म राहदानीका लागि आवेदन फाराम खुला राख्ने भएको छ। सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेतलाई ध्यानमा राखेर विभागले उक्त अवधिसम्म आवेदन फाराम खुला गरेको हो।
वैदेशिक रोजगार विभागले १४ साउन २०८३ मा जारी गरेको सूचनाअनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने म्याद थप गरिएको विषयलाई समेत ध्यानमा राख्दै राहदानी विभागले हाललाई थप आवेदन फाराम खोल्ने जनाएको छ।
ईपीएसका लागि आवेदन दिने नेपाली सेवाग्राहीको चापलाई ध्यानमा राखेर यसअघि राहदानी विभागले आवेदन फाराम खुला राखेको थियो। विभागका अनुसार हाल खुलाइएको फारामअन्तर्गत सेवाग्राहीले तोकिएको मिति र समयमा विभागमा उपस्थित भएर राहदानीसम्बन्धी सेवा लिनुपर्नेछ।
विभागले सेवाग्राहीलाई आफूले आवेदन फाराममा उल्लेख गरेको मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सेवा लिन अनुरोध गरेको छ।
राहदानी विभागले सेवाग्राहीको सुविधा र आवश्यकतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ।

प्रतिक्रिया 4