+
+
Shares

पूजा र सन्तोषको ‘डार्लिङ तिमी’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ११ गते १४:४५

नायिका पूजा शर्मा र गायक तथा मोडल सन्तोष विक्रम खड्गीको अभिनय रहेको ‘डार्लिङ तिमी वाला’ बोलको गीत सार्वजनिक भएको छ । पहिलो भाग भन्दै सार्वजनिक गरिएको यो गीतमा सन्तोष कुमार खड्गीको स्वर, निर्मल वीकको शब्द तथा संगीत छ ।

साहिल खानको निर्देशनमा तयार भएको यो भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, सुदिप बरालको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

यो गीतलाई नेपाली र नेवारी भाषाको फ्यूजनको रुपमा प्रस्तुत गरिएको छ । नायिका पूजा शर्मा गीतको भिडियोमा कतै आधुनिक तथा कतै नेवारी पहिरनमा देखिएकी छिन् । निर्देशक साहिल खानले आफ्नो लागि यो भिडियो विशेष रहन पुगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?