+
+
Shares

बिहे खाएर फर्किँदै गरेका युवकमाथि सांघातिक आक्रमण, बायाँ खुट्टा छिनालियो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ११ गते ९:३१

११ कात्तिक, घोराही । दाङको तुलसीपुरमा एक युवक हात–खुट्टा काटिएको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार विक तुलसीपुर उपमहानगरपालिका–१२ गोलौरी भन्ने स्थानमा गम्भीर घाइते अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार विकको बायाँ खुट्टा काटेर छिनालिएको छ । उनका दुवै हातमा पनि धारिलो हतियारले काटेको घाउ छ । अत्यधिक रक्तस्राव भएका कारण विकको अवस्था चिन्ताजनक छ ।

प्रहरीले गएराति १० बजेतिर उनलाई उद्धार गरेर अस्पताल पु¥याएको डिएसपी सिंहले जानकारी दिए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरी विकलाई थप उपचार गर्न गएराति नै बाँके रिफर गरिएको छ ।

विक गोलौरीमा भान्जाको बिहे खान भनि गएका थिए । नवलपुरस्थित आफ्नो घर फर्किँदै गर्दा उनीमाथि पढ्ढा र गोलौरी बिचको सुनसान स्थानमा अज्ञात समूहले आक्रमण गरेको र आक्रमणकारीको खोजी भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?